काठमाडौँ माघ ३० गते । नेपाल बास्केटबल सङ्घ र थ्री बाई थ्रीको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी प्रतियोगितामा टाइम्स ‘ए’, राइभल इन्डिया, आर्मी ‘बी’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको छ ।
क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, आर्मी ‘बी’ ले होउन्ड्स तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरेको हो ।
सेमिफाइनलमा टाइम्सले राइभल इन्डिया तथा आर्मी ‘बी’ले राइभल पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा नेपालबाट २२, बङ्गलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी थिए ।