गुल्मी, माघ २६ गते । सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास-निर्माणका कामलाई प्राथमिकतामा राख्न स्थानीय तहका निकायहरूलाई अनुरोध गर्नुभएको छ ।
आज यहाँ विकास-निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरूसँगको छलफलमा उहाँले सडक, पुलपुलेुसालगायत संरचना बनाउँदा नागरिकलाई मर्का नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक विकासका परियोजनालाई कुनै पनि बहानामा ढिलासुस्ती गर्न हुँदैन भन्नुभयो ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर सुरेन्द्र गौतमले रिडी-तम्घास र रिडी-बल्कोट सडक आयोजना आयोजनाको हालसम्मको वित्तीय एवम् भौतिक प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो ।
सांसद भण्डारीले रिडी-म्घास र रिडी बल्कोट सडक आयोजनामा संलग्न निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयसँग पनि छलफल गर्नुभएको थियो । त्यस अवसरमा उहाँले दुवै सडकका निम्ति बजेटको अभाव नहुने तथा काम रोक्नुपर्ने अवस्था उत्पन्न हुन नदिन आफूले सम्बन्धित निकायसँग निरन्तर सम्पर्क एवम् समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस