• २६ माघ २०८१, शनिबार

झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए

blog

काबुल, माघ २६ गते । गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजार भन्दा बढी अफगान शरणार्थी आफ्नो स्वदेश फर्किएका छन् । ती अवैध आप्रवासीहरूमध्ये करिब एक हजार इस्लामावादबाट घर फर्काइएका रिपोर्टमा उल्लेख छ ।

सन् २०२३ सेप्टेम्बर १५ देखि आठ लाख २५ हजार ६०० भन्दा बढी अफगानीहरू पाकिस्तान सरकारको गैरकानुनी विदेशी स्वदेश फिर्ता योजनाको कार्यान्वयनपछि फर्केका छन् । अफगानिस्तानको काम चलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आग्रह गरिरहेको छ । रासस/सिन्ह्वा