माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २६ गते । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालाम शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० गोलले हरायो । पुलिसको जितमा विवेक पाण्डे र रामचन्द्र बाजीले गोल गर्नुभयो ।
२८औँ मिनेटमा विवेकको कर्नर प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि ४०औंँ मिनेटमा रामचन्द्र ले विवेकको कर्नरमा हेड गोलगर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
खेलभर पुलिसको दबाब झेलेको बिग्रेड ब्याइजले खासै राम्रो प्रदर्शन गर्न सकेन । पुलिसले पनि थप गोल गर्ने अवसर गुमाएको थियो । खेलपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडीले अवसरलाई सदुपयोग गरेको बताउनुभयो । बिग्रेडका प्रशिक्षक सुरेश रानाले तयारी नपुगेको र मैदानसँग परिचित नहुँदा खेलाडीले सोचे अनुसार खेल्न नसकेको बताउनुभयो ।
आइतबारको दोस्रो क्वार्टरफाइनल खेल मछिन्द्र क्लब र थ्रीस्टारबिच हुनेछ । प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।