• २५ माघ २०८१, शुक्रबार

मस्कोमा विमान दुर्घटनामा दुई पाइलटको मृत्यु

blog

मस्को, माघ २५ गते । मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीबार दुई पाइलटको मृत्यु भएको छ ।

प्रारम्भिक जानकारीअनुसार विमान बिहीबार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार विमान खेतमा दुर्घटनाग्रस्त भएको हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल