• १६ चैत २०८०, शुक्रबार

हाफ म्याराथन हुने

blog

काठमाडौँ, जेठ १४ गते । जलवायु परिवर्तनको नारासहित कान्तिपुर हाफ म्याराथनको १०औँ संस्करण जेठ २१ गते हुने भएको छ । कोभिड–१९ को कारण दुई वर्षपछि आयोजना हुन लागेको हो ।

यस संस्करणको प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्विलचियर दौड विधा समावेश गरिएको छ । आयोजकले शनिबार यस संस्करणमा करिब चार हजार धावक सहभागी हुने जनाएको छ ।

हाफ म्याराथनअन्तर्गत महिला र पुरुष वर्गमा विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रोले ३० हजार पाउनेछन् । चौथो २० हजार र पाँचौँ १० हजार रुपियाँका हकदार बन्नुहुनेछ । कर्पोरेटको विजेताले पोखरामा दुई रात र तीन दिन घुम्ने प्याकेज उपलब्ध गराइनेछ । उपविजेताले नगरकोटमा एक रात र तेस्रोले माउन्टेन फ्लाइटको प्याकेज पाउनेछन् । ह्विलचेयरको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पाउनेछन् ।