काठमाडौं, माघ २३ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ ०२ पैसा र बिक्रीदर १३९ रूपियाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । युरोपियन युरो एकको खरिदर १४३ रूपियाँ ५२ पैसा र बिक्रीदर १४४ रूपियाँ १४ पैसा तोकिएको छ ।
अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपियाँ ६० पैसा र बिक्रीदर १७३ रूपियाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपियाँ ९५ पैसा र बिक्रीदर १५३ रूपियाँ ६१ पैसा कायम गरिएको छ । युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपियाँ ३२ पैसा र बिक्रीदर ८६ रूपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपियाँ ३६ पैसा र बिक्रीदर ९६ रूपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपियाँ ४९ पैसा र बिक्रीदर १०२ रूपियाँ ९३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रूपियाँ ९६ पैसा र बिक्रीदर आठ रूपियाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ १७ पैसा र बिक्रीदर १९ रूपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपियाँ ०६ पैसा र बिक्रीदर ३७ रूपियाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपियाँ १३ पैसा र बिक्रीदर ३८ रूपियाँ ३० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ११ पैसा र बिक्रीदर चार रूपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ८५ पैसा र बिक्रीदर ३८ रूपियाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ २८ पैसा र बिक्री दर ३१ रूपियाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ५५ पैसा र बिक्रीदर नौ रूपियाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपियाँ ५८ पैसा र बिक्रीदर १२ रूपियाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ २४ पैसा र बिक्री दर १९ रूपियाँ ३२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ८५ पैसा र बिक्रीदर १७ रूपियाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपियाँ ०४ पैसा र बिक्रीदर ४५१ रूपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपियाँ ७४ पैसा र बिक्रीदर ३७० रूपियाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रूपियाँ ०९ पैसा र बिक्रीदर ३६२ रूपियाँ ६५ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस