• १३ साउन २०८१, आइतबार

नीति तथा कार्यक्रममाथि छलफल जारी : प्रतिनिधिसभाको अर्को बैठक शनिबार

blog

काठमाडौं, जेठ १३ गते। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार नीति तथा कार्यक्रम माथिको छलफल शनिबारसमेत जारी रहनेछ। 

प्रतिनिधि सभाको अर्को बैठक जेठ १४ गते शनिबार बिहान ११ बजे बस्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदको संयुक्त बैठकमा जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।