• २१ वैशाख २०८१, शुक्रबार

नेपाल मिथिला येँ ग्यालरीमा 'लाइभ डेमोन्स्ट्रेसन'

blog

नेपाल मिथिला येँ ग्यालरीमा भएकाे 'लाइभ डेमोन्स्ट्रेसन'। तस्बिर : मनाेजरत्न शाही ।

काठमाडौं, जेठ १३ गते । नेपाल मिथिला येँ ग्यालरीमा 'लाइभ डेमोन्स्ट्रेसन' कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधाका पाँच जना कलाकारहरुले 'लाइभ डेमोन्स्ट्रेसन' गर्नुभएको हो । 

हामीलाई कलाकृति हेर्न र किन्न सजिलो लाग्छ तर यो बनाउन कति परिश्रम लाग्छ देखाउनका लागि यो कार्यक्रमको आयोजना गरेको मिथिला येँका सञ्चालक श्याम सुन्दर यादवले बताउनुभयो । 

यस्तै, कार्यक्रमको उद्घघाटन पूर्व राजदूत डा‍‍. सुरेश चन्द्र चालिसेले गर्नुभएको हो भने प्रमुख अतिथिको रुपमा कला लेखक तथा कलाकार तीर्थ निरौला र वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य हुनुहुन्थ्याे ।

कार्यक्रममा भक्तपुरका श्याम प्रजापति, अमेरिकाका जेजी विल्स, भारतबाट बन्धना सिंह, महेश आचार्य र बंगालादेशबाट मह्मुदा असफरा मिमले ‘लाइभ डेमोन्स्ट्रेसन’ देखाउनुभएको हो ।

यस कार्यक्रमको मूल उद्धेश्य भनेकै कला सजिलो काम हैन, यसमा धेरै मिहिनेत र परिश्रम लाग्ने देखाउन गरिएको यादवको भनाइ छ ।