• १३ साउन २०८१, आइतबार

किसान सशक्त नभएसम्म परिवर्तन सम्भव छैन : सुरेन्द्र कार्की

blog

काठमाडौं, जेठ १३ गते। प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्कीले देशका किसान आर्थिक रुपमा सशक्त नभए आमूल परिवर्तन हुन नसक्ने बताउनुभएको छ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि  छलफलमा उहाँले किसानलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। 

“विगतमा नेकपा सरकारले किसानको पक्षमा कार्यक्रम ल्याएको भए हाम्रो नैतिक बल बलियो हुन्थ्यो”, उहाँले भन्नुभयो। कम्युनिष्ट सरकारले किसानको कार्यक्रमलाई प्राथमिकता दिन नसकेको उहाँको भनाइ छ। 

“किसान त्यतिबेला थलापर्छ जतिबेला उसको नानीलाई विद्यालय भर्ना गर्नुपर्छ, जतिबेला बिरामी भएर अस्पताल भर्ना गर्नुपर्छ र सात, आठ लाखको बिल तिनुपर्छ”, उहाँले भन्नुभयो। 

यसलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम अघि बढ्नुपर्ने उहाँको सुझाव छ। देशको शिक्षा पनि आवश्यकता अनुरुप नभएको भन्नुहुदै उहाँले अझै पनि पितृसत्तात्मक सोच, सामन्तवाद र जात व्यवस्थाको चिन्तनलाई घुमाइफिराई पाठ्यपुस्तकमा राखिएको उहाँले बताउनुभयो।

समग्रमा देशको अर्थतन्त्र राजनीतिक प्रणालीबाट अघि बढ्नुपर्ने तर्क उहाँको छ।