• १३ साउन २०८१, आइतबार

नीति तथा कार्यक्रममा स्वास्थ्यको सवाल नसमेटिएको प्रति लिङ्देनको आपत्ति

blog

प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै राजेन्द्र लिङ्देन । तस्बिरः केशब गुरुङ

काठमाडौं,जेठ १३ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रममा जनस्वास्थ्यका विषयलाई समावेश गर्न नसकिएको बताउनुभएको छ। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो।

‘कुनै नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि घर जग्गा नै घितो राखेर स्वास्थ्य उपचार गराउन जाँदा न घर नै रहन्छ न स्वास्थ्य नै,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘खै नीति तथा कार्यक्रममा यस कुराको समाधान खोजिएको ?’

साथै उहाँले नीति तथा कार्यक्रमले कृषकका समस्यालाई समेत छुन नसकेको बताउनुभयो। वर्षाको समयमा कृषकलाई आवश्यक पर्ने  रासायनिक मलको अभावलाई परिपूर्ति गर्न नीति तथा कार्यक्रमले पहल नगरेको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो।