• १७ माघ २०८१, बिहिबार

प्रधानमन्त्री ओलीद्वारा गरिएको सम्बोधनको पूर्णपाठ

‘लोकतान्त्रिक प्रणालीमार्फत मुलुकको समृद्धि सम्भव छ’

blog

प्रधानमन्त्री केपी शर्मा ओली सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा । तस्विरः सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र विकसित, व्यवस्थित र सुशासनयुक्त प्रणाली भएकाले यसै प्रणालीमार्फत मुलुकको समृद्धि कायम हुने विश्वास दिलाउनुभएको छ ।

सहिद दिवसको अवसरमा आज यहाँ आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सो विश्वास दिलाउनुभएको हो । उहाँले भन्नुभएको छ, “लोकतन्त्र भनेको एउटा विकसित, व्यवस्थित, सभ्य, सुुशासनयुक्त प्रणाली हो । त्यसलाई त्यसैरुपमा राख्नुपर्छ । यदि व्यवस्थामा कही कतै परिमार्जन र परिवर्तन गर्नुछ भने वा शासक सञ्चालकहरुमा परिवर्तन, परिमार्जन, हेरफेर केही गर्नुछ भने लोकतान्त्रिक प्रक्रिया र विधिबाट यस प्रणालीको रक्षा हुनेगरी यस लोकतान्त्रिक बाटा र विधिहरु छन्, त्यसअन्तर्गत गरिनेछ ।”

 लोकतन्त्रका नाममा अराजकताजस्ता कुराहरु, फेरि जनतालाई विभाजित गर्नेजस्ता काम गर्ने छुट नभएको उहाँले प्रष्ट पार्नुभएको छ । विकासका काममा, शान्ति सुुव्यवस्थाका काममा, राष्ट्रिय एकता निर्माण गर्ने काममा सरकार प्रतिवद्धतासाथ लागेको उहाँले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले २०८१ माघ १६ गते सहिद दिवसको अवसरमा व्यक्त गर्नुभएको विचारको पूर्णपाठ 

आज माघ १६ गते । १९९७ सालको राणा शाहीको अन्त्य–अन्त्यतिर अथवा राणा शासनले आफ्नो अन्त्यको एक प्रकारले घोषणापत्र जारी गरेको दिन हो । त्यो निरकुंश हत्याकाण्ड, जसमा देशका होनाहार सपुतहरु, जसले स्वतन्त्रता खोजेका थिए, लोकतन्त्र खोजेका थिए, अधिकार खोजेका थिए र न्याय खोजेका थिए, तिनलाई मारियो । कसैलाई गोली हानेर, कसैलाई झुुण्ड्याएर १९९७ साल माघ १० गतेदेखि १६ बिहानको रातिसम्म हत्याका शृङ्खला चलाइए । त्यही दिनका सन्दर्भमा, त्यही दिवसलाई लिएर आज हामी यहाँ सहिदहरुको सम्झना गर्न, उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न र सम्मान प्रकट गर्न उपस्थित भएका छौं । 

यो कार्यक्रम सरकारी कार्यक्रम मात्र होइन, यो कार्यक्रम राष्ट्रिय कार्यक्रम हो । आज देशले जे पाएको छ, त्यो सहिदका बलिदानका कारणले पाएको हो । यस घडीमा म सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु, जसले एकीकरणका लागि ज्यान दिनुुभयो, जसले राष्ट्र बचाउनका लागि ज्यान दिनुुभयो, जसले लोकतन्त्रका लागि ज्यान दिनुुभयो, जसले अधिकार प्राप्तिका लागि ज्यान दिनुुभयो, सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छुु । श्रद्धासुमन अर्पण गर्न चाहन्छुु । हामी सबैको तर्फबाट, देशवासीको तर्फबाट आदरणीय अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली !

आज हामी जहाँ छौं, संघीय लोकतान्त्रिक गणतन्त्र, यस प्रणालीमा सर्वोपरी कुरा हो–लोकतन्त्र हो । गणतन्त्र भनेको लोकतन्त्रको एउटा अङ्ग हो, एउटा स्वरुप हो । संघीयता लोकतन्त्रको, लोकतान्त्रिक प्रक्रिया र संरचनाको एउटा अङ्ग हो । लोकतन्त्र आधारभूत कुरा हो । वास्तविक र पूर्ण लोकतन्त्र हुनका लागि जनताको सर्बोच्चता आवश्यक छ । वास्तवमा जनता सर्वोच्च छन् । जनता सार्वभौमसत्ता सम्पन्न छन्, जनताबाट राज्य शक्तिको स्रोत सुनिश्चित हुन्छ ।  जनताले कतिपय ठाउँमा प्रत्यक्ष वा आमरुपमा, परोक्ष रुपमा आफ्ना प्रतिनिधिमार्फत शासन सञ्चालन गर्दछन् । त्यसलाई लोकतन्त्र भनिन्छ । त्यसोगर्दा लोकतन्त्र साँच्चै जनताको सार्वभौमसत्ता भएको र सर्वोच्चता भएको अवस्था हो । त्यस्तो ठाउँमा स्वाभाविक रुपमा गणतन्त्र हुनु अनिवार्य र अपरिहार्य हुन्छ । कतिपय ठाउँमा विभिन्न कालखण्डमा विभिन्न प्रकारका सम्झौताहरुले राजतन्त्रलाई विभिन्न मात्रामा राखेको अथवा बलजफ्ती राखेको हुनसक्छ । 

अहिले पनि कतिपय देशहरुमा राजतन्त्र बलजफ्ती पनि शासनमा होला । कतिपय ठाउँमा सम्झौताद्वारा पनि शासनमा होला । तर त्यस्तो राजतन्त्रले पनि आपूm संवैधानिक वा सेरोमोनियल भएर बस्न मञ्जुर गरेको हुन्छ । र, जनताको सार्वभौमसत्ता र सर्वोच्चतालाई स्वीकार गरेको हुन्छ । अर्थात्, लोकतन्त्र भनेको जनताको सार्वभौमसत्ता, जनतामा सार्वभौमसत्तानिहीत रहेको प्रणाली हो । जनताको सर्वोच्चता कायम रहेको प्रणाली हो । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् भन्ने मान्यतालाई स्वीकारेको र तदअनुसार सञ्चालित प्रणाली हो । अरु संरचनागत प्रणाली सहजताका लागि, सजिलोका लागि जनतालाई सेवा सुविधा उपलब्ध गराउन सजिलोका लागि र विकासका कामहरुलाई छिटोछरितो बनाउनका लागि प्रयोग गरिने अथवा व्यवस्था गरिने कुरा हुन् । आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं र यस परिस्थितिमा हामीले ठुलो उपलब्धि हासिल गरेका हौं र ठुलो प्राप्ति गरेका हौं । 

यस ठाउँमा ल्याउन हाम्रा महान सहिदहरुको बलिदानको धेरै ठुलो महत्व छ । अनेक वीरहरु, विरङ्गनाहरु, योद्धाहरु जन्मिए, कति घाइते भए, कतिले जेल यातना सहे, कतिले कठोर निर्वासन सहे, कतिले भूमिगत अवस्थामा काम गरेर ज्यान जोखिमा राखेर चले, कोही सडकमा उत्रिए, कसैले सडकमा उत्रिनेहरुलाई बल दिए । सहिदहरुको बलिदानको प्रेरणाबाट सौर्य प्राप्त हुन्छ । परिवर्तनको एउटा विश्वास जागृत हुन्छ । त्यही विश्वासबाट देश यसरी अगाडि बढेको छ । 

हामीसँग थुप्रै ज्ञात–अज्ञात सहिदहरु हुनुुहुुन्छ तर हामीले जानकारी पाएका सहिदहरुमध्ये राणा शासनको १८०३ मा स्थापना भएपछि १८०६ मा बलबहादुर शाह (बाकावीर) लाई हत्या गरेर राणा शासनले आफ्नो हत्याको क्रुरताको सिलसिला प्रारम्भ गरेको थियो–आफ्नो सत्ताका लागि । बलवीर शाह बाकावीर, जो अछामका हुनुहुन्थ्यो,  उहाँले राणा शासन स्थापनाकालदेखि नै त्यसका विरुद्ध आह्वान् गर्नुभयो, जनता संगठित भएर लड्नुु पर्दछ र राणा शाहीलाई धपाउनुु पर्दछ भन्ने उहाँको मान्यता थियो । त्यसै सन्दर्भमा उहाँलाई छलपूर्ण र धोकापूर्ण ढङ्गले १८०६ मा इस्तियार जारी गरेर गिरफ्तार गरेर, जसले उनको टाउको ल्याउँछ, त्यसलाई इमान दिइनेछ भनेर इस्तियार जारी गरे । 

उहाँलाई गिरफ्तार गरेर, काटेर उहाँको टाउको झोलामा हालेर ल्याएर राणाका अगाडि टेबलमा टाउको राखेर इनाम थाप्नेहरु पनि छन् । यस्ता तत्वहरु पनि देशमा पाइन्छन् । त्यस्ता तत्वहरु अहिले पाइन्छन् कि पाइँदैनन् नभनौं, अहिले त्यस्ता दृष्टान्त देखिएको छैन, तर छनकहरु राम्रा छैनन् । जेहोस्, त्यहाँबाट सुरु भएको बलिदानको सिलसिला १८३३ मा लखन थापाको हत्याबाट, त्यसपछि अनेक पछिल्ला सिलसिला हुँदै आए । त्यही सिलसिलामा कतिले आपूmलाई कठोर जलसमाधी सामुहिक रुपमा लिएका विष्मयकारी घटनाहरु, आफैँले जलसमाधी लिने कठोर निर्णय गरेर राणा शासनका विरुद्धको विद्रोहको एक प्रकारको शान्तिपूर्ण र त्यागको शंखघोष गरेका थिए । यस्ता थुप्रै कुराहरु भएका थिए । 

लेखक–कविहरु होउन् लाइब्रेरी खोल्दा मुद्दा लाग्थ्यो, पक्राउ पर्नुु पर्दथ्यो र जेल जानुु पर्दथ्यो । कवि सिद्धिचरण श्रेष्ठलाई राणा शासनमा १८ वर्षको कैद सजाय सुनाइएको थियो, पछि उहाँलाई सात वर्ष जति जेल राखेर उहाँलाई त्यसपछि छोडिएको थियो । कवि सिद्धिचरण श्रेष्ठ, जसलाई हामी युुगकवि भन्छौं, किनभने उहाँको युगको आवाजलाई मुखरित गर्ने गर्नुहुन्थ्यो । साहित्यकारहरु गोपालप्रसाद रिमालजस्ता अरु थुप्रै र अनेक योद्धाहरु १९९७ सालमा आएपछि हामी चार जनाको कुरा गरिराखेका छौं, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ । एकै पटक चार जनालाई राणा प्रधानमन्त्रीको दरबारको पटाङ्गिनीमा बोलाएर लाइनमा उभ्याएर पहिलो फैसला सुनाइएको थियो, शुक्रराज शास्त्रीलाई । 

शुत्रराज शास्त्री, त्यस्तो सक्रिय राजनीतिमाभन्दा पनि धार्मिक ग्रन्थहरुको वाचन गरेर एउटा जनजागरण ल्याउने, जनचेतना जगाउने, मानिसलाई शिक्षित बनाउने, धार्मिक प्रवृत्ति र धार्मिकवाद समाजमा बढाउने अभियानमा लाग्नुुभएको मानिस हुनुहुन्थ्यो । शास्त्रमा कहिले कहिले अत्याचारी राजाहरु समाप्त हुन्छन् भन्ने लेखिएको हुन्थ्यो । त्यो कुरा शुत्रराज शास्त्रीले भन्नुुहुन्थ्यो, अत्याचारी शासकहरुको अन्त्य हुन्छ । यसो भएर त्यस्ता राजाहरु समाप्त हुन्छन्, जो अत्याचारी छन्, जनविरोधी छन्, जनताका दुःख, पिर र मर्काको वास्ता गर्दैनन् भन्ने कुरा शास्त्रमै वर्णित छ । त्यही शास्त्रका कुुराहरु उहाँले विभिन्न शास्त्रमा वर्णित भएका कुराहरु सुनाउनुुहुुन्थ्यो । त्यसबापत उहाँलाई गिरफ्तार गरिएको थियो, १९९३ सालमा । प्रजापरिषद्सँग उहाँको सम्बन्ध होइन, प्रजापरिषद्को नेता, कार्यकर्ता भएको हुनाले उहाँलाई गिरफ्तार गरेको होइन । उहाँलाई अत्याचारी शासकहरु समाप्त हुन्छन् भनेको हुनाले गिरफ्तार गरेको थियो । अरुले विद्रोह छेड्नुु भएको थियो । 

गंगालालले त्रिचन्द्र क्याम्पसको विद्यार्थी हुँदा १९९४ सालमै  मानवअधिकार संगठनको पहिलो स्थापना नेपालमा गर्नुभएको थियो । पहिलो मानवअधिकार संस्थाको संस्थापक गंगालाल श्रेष्ठ हुनुहुुन्थ्यो, यद्यपि उहाँको उमेर त्यति बेला थोरै नै थियो, १९ वर्ष । १९९५ सालमा उहाँले मानवअधिकारसम्बन्धी नेपालमै पहिलो वक्तव्य र मन्तव्य दिनुुभएको थियो । मानवअधिकार किन आवश्यक छ, यो के हो र कसरी मानवअधिकारको प्राप्ति, रक्षा गर्नु पर्दछ र हामी कसरी अगाडि बढ्नुु पर्छ भनेर उहाँले भाषण गर्नुभएको थियो । पहिलो नेपालको राजनीतिक सत्ताविरोधी संगठित भाषण उहाँले १९९७ साल मंसिर १३ गते इन्द्रचोकमा गर्नुभएको थियो । 

गंगालाल श्रेष्ठ र गणेशमान श्रेष्ठ सिंहले एकै दिन शोभा भगवतीमा आफ्नै रगत अलिकति निकालेर त्यसमा छोएर, कसम खाएर प्रजापरिषद्को सदस्यता लिनुुभएको थियो । उहाँहरुले सदस्यता एकै दिन लिनुुभएको थियो । पछि दशरथ चन्दका काका हजुरबुुबाहरु समेत राणा शासनसँगको टकरावको कारणले राणा शासन आएपछि धेरै वर्षसम्म पिथौरागढमा गएर आश्रय लिएर बस्नुु परेको थियो । राणाहरुसँग १३ वर्षपछि सम्झौता भएपछि उहाँहरु बल्ल फर्किनुु भएको थियो । उहाँ एउटा राजनीतिक परिवारमा जन्मिनुु भएको थियो । उहाँ भारतका विभिन्न ठाउँहरुमा पनि जानुुभएको थियो । 

धर्मभक्त माथेमा, उहाँ राजा त्रिभुुवनको कुस्ती गुुरु वा खेल गुुरु हुनुुहुन्थ्यो । उहाँ एउटा बडीविल्डरजस्तो हुुनुुहुुन्थ्यो । उहाँ एउटा पहलमानजस्तो व्यक्ति हुनुहुुन्थ्यो । उहाँले त्रिभुुवनलाई कुस्ती मात्रै, शारीरिक व्यायाम मात्रै सिकाउनुु हुन्नथ्यो कि राणा शासकलाई कसरी धोवीपाठ लगाएर पछार्ने भन्ने पनि सिकाउनुुहुन्थ्यो । त्यो कला पनि उहाँले सिकाउनुु हुन्थ्यो, खाली कुस्ती मात्र होइन, अरु राजनीति पनि उहाँले सिकाउनुुहुन्थ्यो । 

यसरी गंगालाल श्रेष्ठ एउटा अत्यन्तै तेजवान्, गतिवान् र ब्राइट युवा हुनुुहुुन्थ्यो । उहाँ बुुझेको, खुलेको र खासमा आफैँ नयाँ नयाँ आइडियाहरु निकाल्ने, संगठनलाई गतिशील बनाउने र टंकप्रसाद आचार्यले १९९७ साल जेठ दोस्रो साता ड्राफ्ट गरेका पर्चाहरु वितरण गर्ने काम गंगालाल श्रेष्ठको थियो, गणेशमान श्रेष्ठको थियो । उहाँहरुले नै वितरण गर्नुभएको थियो । पछि उहाँहरु गिरफ्तार भएपछि टंकप्रसाद आचार्य, प्रजापरिषद्का संस्थापक रामहरि शर्मा, चुडाराजजी लगायतका नेताहरु समेतलाई सजाय भएको थियो । उहाँहरुलाई पनि लाइनमा उभ्याएर सजाय सुुनाइएको थियो । पहिलो सजाय सुनाएको थियो–शुक्रराज शास्त्रीलाई, जसको नाम बोलाइन्थ्यो, उसले एक कदम अगाडि बढ्नुु पर्दथ्यो । अगाडि बढेर म यहाँ हाजिर छुु भनेर भन्नुु पर्दथ्यो । अनि सजाय सुनाइन्थ्यो र सजाय सुनेपछि पहिलेकै लाइनमा उभिनुु पर्दथ्यो । शुुक्रराज शास्त्रीको नाम राणा प्रधानमन्त्रीले लिएपछि एक कदम अगाडि बढेर उहाँ सजाय सुन्न तयार हुनुुभयो । शुक्रराज शास्त्रीलाई फाँसीको सजाय दिइएको छ भनेपछि उहाँले शान्तभावमा ॐ शान्ति भन्नुुभयो र एक कदम पछाडि सरेर फेरि पहिलेकै लाइनमा उभिनुुभयो । उहाँ आश्चर्यचकित हुनुुभयो कि के कसुरमा शास्त्र वाचन गरेवापत् फाँसीको सजाय ! त्यसपछि दशरथ चन्दलाई सुनाइयो, जो पुुस्तौनी क्रान्तिकारी हुुनुुहुन्थ्यो । धर्मभक्तलाई सुनाइयो, जो राजा त्रिभुुवनका गुुरु र प्रशिक्षक हुनुुुहुुन्थ्यो र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड भनेर सुनाइयो । यसरी १० गते दुुई जना र १५ गते राति अथवा १६ गते बिहान दुुई बजेतिर अरु दुुई जनाको हत्या गरिएको थियो । दुुई जनालाई झुण्ड्याएर र दुुई जनालाई गोली ठोकेर हत्या गरिएको थियो । यही सम्झनामा आज हामी सहिद दिवस मनाइरहेका छौं । त्यसपछि सहिद बनाउने सिलसिला अगाडि बढ्दै गयो । 

२००७ सालका आन्दोलनमा मानिसहरु सहिद भए । त्यसपछि विभिन्न समयमा विभिन्न कारणले थुप्रैले साहदत्त प्राप्त गरे । पञ्चायती तानाशाही लागेपछि झन धेरै मान्छेहरुले शाहदत प्राप्त हुनुभयो ।  नियन्त्रणमा लिएर ज्यान मारिएको मात्र होइन, अगाडिदेखि जेलमा हालिएका मान्छेलाई जेलबाट निकालेर नेल हत्कडी लगाएर जंगलमा लगेर गोली हानेर मारियो र जेल सार्न खोज्दा भागे भन्ने आरोप लगाइयो । झापामा पाँच जनालाई त्यसरी हत्या गरियो । त्यसमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कँुुइकेल र नारायण श्रेष्ठलाई एकैचोटी निकालेर हत्या गरियो । 

नेपालमा यति ठुलो संख्या यसरी पहिले नै गिरफ्तार गरेर जेलमा राखेका मान्छेलाई हत्या गर्नेसम्मका जघन्य अपराधका घटनाहरु पञ्चायतकालमा घटे । पञ्चायत नामको तानाशाही व्यवस्थालाई, निरङ्कुश व्यवस्थालाई जोगाउनका लागि र निरङ्कुश राजतन्त्रलाई जोगाउनका लागि यी सबै कामहरु भएका थिए । 

त्यसैगरी २०३१ सालको ठ्याक्कै दशैको मुखमा ओखलढुंगामा गिरफ्तार गरेर ल्याइएका चार जना युवाहरु लीलानाथ दाहाल, ठगीराज दाहाल, गोकर्णबहादुर कार्की र खगेन्द्रराज दाहाल लगायतलाई एकैचोटी जेलबाट ल्याएर नख्खु जेलबाट जावलाखेलबाट नख्खुुतिर जाने जुन ओरालो बाटो छ,  त्यसको अलिकति तलतिरपट्टी शिवदेवीको खेतमा गोली हानेर मारियो । रातको ९–१० बजेको थियो, त्यति बेला आसपासका मान्छेहरु ड्याङड्याङ गोली पड्किँदा छक्क परे । हरेकलाई दुुई चार गोलीका दरले हानिएको थियो । ठाउँको ठाउँ मारिएको थियो । सेन्ट्रल जेल सार्न खोज्दा भागे । त्यो उकालो चढ्दै गर्दा मान्छे भागे भन्ने आरोप लगाएर मारे । हत्कडी लगाएर लगेका मान्छेहरु कहीं भाग्छन् ? तर, त्यस आरोपमा चार जनालाई मारियो । त्यसपछि कानुनले नै मृत्युुदण्ड दिएर जेलमा अगाडि नै २०३० चैतमा गिरफ्तार गरिएका भीमनारायण श्रेष्ठ धनकुटाका मानिस विराटनगरमा पक्राउ पर्नुुभएको थियो ।

क्याप्टेन यज्ञबहादुर थापा, जसलाई ओखलढुंगाबाट राम लक्ष्मणहरुसँगै गिरफ्तार गरिएको थियो । राम लक्ष्मणलाई ओखलढुंगामै हत्या गरिएको थियो र यज्ञबहादुर थापालाई यहाँ ल्याइएको थियो । सेन्ट्रल जेलमा हामीसँगै थियौं । भीमनारायण श्रेष्ठ, क्याप्टेन यज्ञबहादुुर थापासमेत जेलमा सँगै थियौं । हाम्रै अगाडिबाट राति उहाँहरुलाई तानेर लगेर एउटालाई हेटौडाको जंगलमा र एउटालाई कमलाको जंगलमा गोली हानेर हत्या गरियो । सहिदहरुको सिलसिला धेरै छ, नाम याद गरेर साध्य छैन । जेलबाट निकालेर गोपाल गुरागाइँलाई २०१८ सालमा हत्या गरेको थियो । 

वि.सं. २०१८ सालमा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताहरुको हत्या गरेको थियो । भारत प्रवासमा गएकाहरुलाई यहाँबाट गोली हान्ने जत्था पठाएर त्यहाँ षडयन्त्रपूर्वक गोली हानिएको थियो । त्यस्ता कुराहरु भएका थिए । यो सिलसिला जारी थियो । यो सिलसिला अब अन्त्य भएको छ । डेमोक्रेसीले यो सिलसिलालाई अन्ततोगत्वा अन्त्य गरेको छ । यसबिचमा डेमोक्रेसीभित्र पनि केही विकृत्तिहरु र केही डेमोक्रेसीलाई बुुझ्ने कुराको कमिहरु रहे । त्यसले केही नहुनुु पर्ने कामहरु भए । तर, त्यसबाट डेमोक्रेटिक सिस्टम र त्यसका सञ्चालकहरुमा स्वतः आफैँ पनि र जनताको आलोचनाबाट पनि एउटा शिक्षा प्रदान भएको छ । त्यसलाई सबैले मनन् गरेका छन् । अब जनताको त्यसप्रकारले षड्यन्त्रपूर्ण ढंगले ज्यान जाने अथवा क्रुरताका साथ हत्या गरिने, शासन सत्ताका लागि हत्या गरिने त्यस्तो सिलसिला रहेको छैन । तानाशाही शासन सत्तालाई बचाउनका लागि हत्या गर्ने प्रचलन अन्त्य भएको छ । 

अब हामी लोकतान्त्रिक प्रणालीमा आइसकेका छौं । यतिबेला हामी नेपाललाई शान्तिपूर्ण नेपाल, सुशासनयुक्त नेपाल, भ्रष्टाचारमुक्त नेपाल, विकासको बाटोमा अगाडि बढेर समृद्धि हासिल गर्न संकल्पित रहेका छौँ । समृद्ध नेपाल र सुखी नेपाली भएको नेपालको गन्तव्यतर्फ हामी अगाडि बढिरहेका छौं । 

म भन्न चाहन्छुु, लोकतान्त्रिक प्रणालीको रक्षाका लागि, लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक प्रक्रियाअन्तर्गत सञ्चालन गर्नका लागि, यसलाई संवैधानिक र कानुनीराजको हिसाबले लिएर जानका लागि, कानुनलाई न्यायोचित कानुनको रुपमा निर्माण गर्नका लागि, संशोधन गर्नका लागि र संविधानमा कतिपय कमीहरु रहेका छन् । संविधान कार्यान्वयनको सन्दर्भमा कतिपय ठाउँमा परिवर्तनभागी देखियो, परिवर्तन गर्न आवश्यकता देखियो भने त्यसलाई यथोचित संवादबाट सबैलाई सहमत गराउने प्रयासका साथ संशोधन गर्ने त्यस कुरामा पनि अहिलेको सरकार प्रतिबद्ध छ । 

यो लोकतान्त्रिक सरकार हो । यसका आचरण लोकतान्त्रिक हुने छन् । यसका आचरण प्रजातान्त्रिक हुनेछन् । यसका आचरण वास्तवमा लोकतान्त्रिक प्रणाली मात्र मान्ने होइन, लोकतान्त्रिक प्रक्रियालाई पनि इमानदारिताका साथ मनन गर्ने हुनेछ । यो सरकार अवश्य नै देशभक्त रहने छ । यो देशभक्त सरकार हो, देशभक्त रहनेछ । राष्ट्रिय हितको रक्षा र सम्वर्धन, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा हामीलाई सहिदले सिकाएको कुरा हो । बलिदानबाट हामीले प्राप्त गरेको प्रणाली, बलिदानबाट हामीले प्राप्त गरेको शिक्षालाई हामीले छोड्न सक्दैनौं । नेपाल राष्ट्र र नेपाली जनतामा कुनै प्रकारको दुुःख नहोस्, अशान्ति, भय त्रासमा कोही पनि बस्न नपरोस्, सबै शान्तिपूर्ण र निर्भय वातावरणमा बस्न सकून् । 

हामीले लोकतन्त्र ल्याएका छौं । लोकतन्त्र भनेको एनार्किजम होइन । लोकतन्त्र भनेको एउटा विकसित, व्यवस्थित, सभ्य, सुुशासनयुक्त प्रणाली हो । त्यसलाई त्यसैरुपमा राख्नुपर्छ । यदि व्यवस्थामा कही कतै परिमार्जन र परिवर्तन गर्नुछ भने वा शासक सञ्चालकहरुमा परिवर्तन, परिमार्जन, हेरफेर केही गर्नुछ भने लोकतान्त्रिक प्रक्रिया र विधिबाट यस प्रणालीको रक्षा हुनेगरी यस कुराहरुलाई लोकतान्त्रिक बाटा र विधिहरु छन्, त्यसअन्तर्गत गरिनेछ । लोकतन्त्रका नाममा अराजकताजस्ता कुराहरु, फेरि जनतालाई विभाजित गर्नेजस्ता कुराहरु, अनेक प्रकारका साम्प्रदायिक विद्वेष फैलाउने कुराहरु, देशलाई एकताबद्ध हुन नदिने खालका प्रयासहरु कुनै कुराहरु पनि स्वीकार्य हुने छैनन् । 

विकासका काममा, शान्ति सुुव्यवस्थाका काममा, राष्ट्रिय एकता निर्माण गर्ने कुरामा र एकताबद्ध राष्ट्र विकासको अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले जनतालाई नेतृत्व दिनेछ । कानुनी हिसाबले, नीतिगत हिसाबले र व्यावहारिक हिसाबले अहिलेको सरकारले नेतृत्व गर्नेछ । तसर्थ यस घडीमा म जनताप्रति उत्तरदायी लोकतान्त्रिक जननिर्वाचित सरकारको हिसाबले भन्न चाहन्छुु कि यो जनताले जसरी विश्वास गरेर उत्तरदायित्व सुम्पिएका छन्, तदअनुसार नै अहिलेको सरकारले देशलाई विकासको बाटोमा, सुशासनको बाटोमा अगाडि बढाउने छ, भ्रष्टाचारमुक्त देशको बाटोमा अगाडि बढाउने छ ।

म फेरि एकपटक जसले राष्ट्रियताको प्रश्नमा होस्, लोकतन्त्रको प्रश्नमा होस्, स्वाधीनताको प्रश्नमा होस्, देश निर्माणको पक्षमा होस् अथवा देशको एकता–एकीकरणलाई बचाउने वा भूमि बचाउने हरेक सन्दर्भमा आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै नेपाली जनताको तर्फबाट यो श्रद्धाञ्जली अर्पण गर्दै म आफ्नो भनाई टुुङ्ग्याउँछुु । हामी शहीदको मार्गमा अटल र अविचलित ढङ्गले अगाडि बढिरहने छौं । सहिदले देखाउनुु भएको बाटोमा अगाडि बढ्ने छौं । सबै साथीहरुलाई यस दिवसको सन्दर्भमा यहाँ उपस्थित हुनुुभएकोमा धेरै धेरै धन्यवाद ।