• १७ माघ २०८१, बिहिबार

‘उठ नेपाली, जुट नेपाली’ गीत सार्वजनिक

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १६ गते । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गर्नुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियोसहित रिलिज भएको छ ।

वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर दिएकोे सो गीत कवयित्री अधिकारीको आफ्नै युट्युव च्यानल सिर्जनाको चौतारीमार्फत बुधबार रिलिज भएको हो ।

उहाँले राष्ट्रको सम्मान स्वरूप कोरेका शब्दहरुमा गाइएको उक्त गीत ‘सहिद दिवस’ अर्थात माघ १६ गतेको अवसर पारी रिलिज गरिएको छ । देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली, जुट नेपाली’ मा अगाडि भनिएको छ ‘पहाड हाम्रै हो, तराई हाम्रै हो, सबै मिलेमा, देशलाई राम्रै हो ।’

युट्युव च्यानलमार्फत सार्वजनिक भएको केही घण्टामै सो भिडीयोसहितको राष्ट्रिय गीतले धेरैको मन जितेको बताइएको छ । मनोहर सुनामले संगीत संयोजन गरेको उक्त गीत दिल समर्पणले रेकर्ड गर्नुभएको हो । प्रकाश मिश्रको मिक्सिङ रहेको सो गीतको दृष्याङ्कन भने बिरेन्द्र भाट विपिनले गर्नुभएको छ ।