• १२ असार २०८१, बुधबार

२४ घण्टामा १४ जना सङ्क्रमित

blog

काठमाडौं, जेठ १२ गते । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २५ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, एक हजार ६०३ जनाको एन्टिजेन परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १२९ छन् ।

त्यस्तै, पछिल्लो २४ जनामा ६३ हजार ३८५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।