• १२ वैशाख २०८१, बुधबार

कर्णाली बस दुर्घटना हुँदा चारको मृत्यु ३९ जना घाइते

blog

कर्णाली राजमार्गमा भएको बस दुर्घटनाका घाईतेहरु । तस्विरः गोरखापत्र

दैलेख, जेठ १२ गते ।  मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म१ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको राती उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले दुर्घटनामा परी मृत्यु हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका वार्ड नम्बर २ का प्रेम सुनार, काशिराम पाण्डे, कालिकोटको पलाता गाउँपालिका– ३ का ज्ञानबहादुर वम र धनकला शाही रहेको जानकारी दिनुभयो ।

दुर्घटनामा ३९ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भई रहेको छ । दुर्घटना भएको बस सडक भन्दा ५० मिटर तल कर्णाली नदिको तिरमा खसेको छ । बसमा करिव ५० जनाभन्दा बढी यात्रा गरेको र तीब्र गतिका कारण बस दुर्घटना हुन सक्ने प्रहरीको अनुमान छ । 

Author

कमल शर्मा