शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
सम्बोधनको क्रममा उहाँले कोभिड–१९ मा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सरकारले कोभिड नियन्त्रणका लागि सम्भव सबै प्रयास गरिरहेको बताउनुभयो । उहाँले सरकारले चालेको खोप अभियानबाट पहिलो चरणको खोप लगाउने नागरिकको सङ्ख्या ९६ प्रतिशत पुगेको र पूर्ण खोप लगाउनेको सङ्ख्या ८५ प्रतिशत छ भन्नुभयो ।
सरकारले तीव्र आर्थिक वृद्धि हासिल गर्ने गरी अगाडि बढिरहेको छ भन्दै राष्ट्रपतिले आन्तरिक साधनको प्रयोगलाई परिचालन गरिने छ, राष्ट्रपतिले सम्बोधनको क्रममा बताउनुभयो । 







                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...