• ५ जेठ २०८१, शनिबार

युवक हत्या आरोपमा तीनजना पक्राउ

blog

फाइल तस्बिर

दीपकप्रसाद गौतम   
वीरगञ्ज, जेठ १० गते ।
जिल्ला प्रहरी कार्यालय पर्साले युवकको हत्यामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

पर्साको ठोरी गाँउपालिका–५ ठूलो बाघमोर्चाका २३ वर्षीय प्रवीण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक १७ वर्षीय युवकसहित तीनजनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा एक जना १७ वर्षीय किशोर, ठोरी गाउँपालिका–५का २२ वर्षीय युवा सरोज स्याङ्वो र वीरगञ्ज महानगरपालिका– ३२ रामवनका २० वर्षीय किशन लोप्चन छन् ।

जिल्ला पर्सा ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने पाख्रिनलाई गत शुक्रबार अज्ञात व्यक्तिहरूले ढुङ्गाले टाउको र अनुहारमा प्रहार गरी गम्भीर घाइते भएका थिए । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका पाख्रिनको उपचारको क्रममा मृत्यु भएको थियो ।

नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएपछि थप दुई जनालाई जेठ ९ गते पक्राउ गरिएको थियो । पक्राउ परेको तीनजना उपर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।