• १२ साउन २०८१, शनिबार

प्रदर्शन चर्किदै जाँदा किशोरीमाथि यौन दुर्व्यवहारका आरोपित पाण्डे पक्राउ

blog

शनिबार काठमाडौंको माइतीघर मण्डलामा बलात्कार आरोपित मनोज पाण्डेको तस्बिरसहित प्रदर्शनमा सहभागी भएका युवती । तस्बिरः केशब गुरुङ

काठमाडौं, जेठ ७ गते। सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ। 

आठ वर्षअघि भएको भनिएको यौन हिंसाको घटना भर्खरै सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि शनिबार पाण्डेलाई पक्राउ गरेको हो। पाण्डे सुन्दरी प्रतियोगिता आयोजकमध्ये एक हुन्।  काठमाडौं जिल्ला अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार पाण्डे शनिबार दिउँसाे बालाजुबाट पक्राउ परेका हुन् ।

नेपाल प्रहरीले उक्त घटनाको छानबिन गर्न शुक्रबार नै पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। छानबिन समिति गठन भए लगत्तै आरोपित पाण्डे पक्राउ परेका हुन्। 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा गठन भएको छानबिन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का हुनुहुन्छ।

किशोरीलाई न्याय दिनुपर्ने भन्दै राजधानीमा शुक्रबारदेखि नै प्रदर्शन सुरु भएका छन्। करिब आठ वर्ष अघिको घटना किशोरीले टिकटकमार्फत् सार्वजनिक गरेपछि आरोपित पाण्डेको खोजी सुरु भएको थियो।