• १२ असार २०८१, बुधबार

धनगढी आठको वडा अध्यक्षमा चौधरी विजयी

blog

अविनाश चौधरी

धनगढी, जेठ ७ गते । कैलालीको धनगढी उपमहानगरपालिका–८ को वडा अध्यक्षमा नेकपा  (एमाले) का जुगराम चौधरी प्यानलसहित विजयी हुनुभएको छ । 

नेपाली काङ्ग्रेसका उम्मेदवारलाई आठ मतले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको हो । चौधरीले एक हजार ५२ मत प्राप्त गर्नुभयो । उहाँसंँग पराजित काङ्ग्रेसका उम्मेदवारले एक हजार ४४ मत प्राप्त गर्नुभयो । 

वडा सदस्य पदमा पनि एमालेका उम्मेदवार विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।