• १२ असार २०८१, बुधबार

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित सुनिश्चित

blog

अविनाश चौधरी

धनगढी, जेठ ७ गते । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ । खसेको ६३ हजार ७१५ मतमध्ये ५६ हजार २२६ मत गणना हुँदा हमालले २४ हजार ५२९ मत प्राप्त गर्नुभएको छ । 

उहाँको निकटतम् प्रतिस्पर्धी गठबन्धनकातर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ११ हजार ७५८ मतले अगाडि हुनुहुन्छ । हमालले हालसम्म प्राप्त गर्नुभएको मत जितका लागि पर्याप्त भइसकेको छ । अब औपचारिक रुपमा घोषणा हुन मात्रै बाँकी रहेको  छ । 

हमालका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार वडले १२ हजार ७७१ मत प्राप्त गर्नुभएको छ । दुवैबीचको मतान्तर १० हजार ९९७ रहेको छ । नेकपा (एमाले) का उम्मेदवार रणबहादुर चन्दले सात हजार ३८६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

यसैगरी, उपमेयरमा एमालेका कन्दकला रानाको जितको सम्भावना बढ्दै गएको छ । रानाले १२ हजार ५९४ मत प्राप्त गर्नुभएको छ । गठबन्धका साझा उम्मेदवार माओवादी केन्द्रका शान्ति अधिकारीले ११ हजार ५८९ मत प्राप्त गर्नुभएको छ । दुवैबीचको मतान्तर एक हजार पाँच रहेको छ ।