• १२ साउन २०८१, शनिबार

करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

blog

सुरुङ्गा, जेठ ७ गते। प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ। पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नम्बर २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो। उनले मङ्गलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो। स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन्। रासस