• १२ साउन २०८१, शनिबार

महिला हिंसासम्बन्धी अनुसन्धानमा सहयोग गर्न गृह मन्त्रालयको अनुरोध

blog

काठमाडौं, जेठ ७ गते। गृह मन्त्रालयले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धी प्रकाशित सामग्रीको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धानका लागि सहयोग गर्न सबैलाई अनुरोध गरेको छ। 

शुक्रबार नै आवश्यक कारबाही गर्न प्रहरी प्रधान कार्यालयले पाँच सदस्यी छानबिन समिति बताएको छ।

 प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी प्रहरी निरीक्षक सपना खड्का हुनुहुन्छ।

प्रवक्ता पोखरेलका अनुसार शुक्रबार गठन गरिएको छानबिन समितिले काम सुरु गरिसकेको छ।