• १३ साउन २०८१, आइतबार

हुुम्लामा काँग्रेस र माओवादी बराबरी

blog

राजन राउत 

हुुम्ला, जेठ ५ गते । स्थानीय निर्वाचनको हालसम्मको परिणाम अनुुसार हुम्ला जिल्लामा गठबन्धनका नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तीन तीन गाउँपालिकामा जित्न सफल भएका छन् । दुुई दलीय गठबन्धन अनुुसार काँग्रेसलाई तीन र माओवादीलाई चारवटा गाउँपालिका भागमा परेको भए पनि चंङ्खेली गाउँपालिकाको अन्मित परिणाम आइसकेको छैन ।

मतगणनाबाट छवटा गाउँपालिकामा आएको परिणामअनुुसार नेपाली काँग्रेस खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिकामा अध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र) ले नाँम्खा, सिमकोट र ताँजाकोट गाउँपालिकाको अध्यक्ष जितेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, हालसम्मको चुनावी नतिजा अनुुसार काँग्रेसले अध्यक्ष जितेका गाउँपालिकाका उम्मेदवारहरुमा खार्पुनाथमा कर्णबहादुुर रावल, सर्केगार्डमा ठानबहादुुर रोकाया र अदानचुलीमा मोहन बिक्रम सिंह निर्वाचित हुनुुभएको छ । त्यसैगरी, माओवादी केन्द्रले जितेका गाउँपालिकाका उम्मेदवारहरुमा नाँम्खामा प्रेम लामा, सिमकोटमा विजय भण्डारी र ताँजाकोटमा लालकेश जैशी निर्वाचित हुुनुुभएको छ । उपाध्यक्षमा भने ठीक उल्टो परिणाम छ ।

काँग्रेसले उपाध्यक्ष जितेका गाउँपालिकामा नाम्खामा तकदिर लामा, सिमकोटमा सुशीला भाम रोकाया र ताँजाकोटमा सुरेन्द थापा निर्वाचित हुनुुभएको छ । त्यसैगरी, माओवादी केन्द्रले उपाध्यक्ष जितेका गाउँपालिकामा खार्पुनाथमा ज्ञान बहादुुर शाही, सर्केगार्ड चन्द्रसिंह कार्की र अदानचुलीमा कर्णबहादुुर रोकाया निर्वाचित हुनुुभएको छ ।

अब मतगणनाको परिणाम आउन बाँकी गाउँपालिकामा चङ्खेली रहेको छ । उक्त गाउँपालिकामा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका गोविन्द शाही र स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीबिच प्रतिस्पर्धा रहेको छ । बिहीबार रातीसम्म सो गाउँपालिकाको परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।