• ४ वैशाख २०८१, मङ्गलबार

कपिलवस्तुको यशोधरा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

blog

नारद कोहार

तौलिहवा, जेठ ५ गते । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी हुनुभएको हो । विजयी तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका पाण्डेयले ३ हजार २ सय मत प्राप्त गर्नुभयो । 

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै गुन्जादेवी मौर्या निर्वाचित हुनुभएको छ । मौर्याले काँग्रेस उम्मेदवार बिन्द्रावती यादवलाई ८ सय ८ मतले हराउँदै विजयी हुनुभएको हो । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी यादवले ३ हजार २३७ मत प्राप्त गर्नुभयो । 

एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडा नं. १, २ र ८ गरी तीनवटा वडा जितेको छ । त्यस्तै कांग्रेसले वडा नं. ३ र ७ गरी दुर्ई वटा वडा, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । गाउँपालिकामा आठ वटा वडा छ । २०७४ को निर्वाचनमा यशोधरा गाउँपालिका काँग्रेसले जितेको थियो ।