• १३ साउन २०८१, आइतबार

ललितपुरको बागमती र महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेस

blog

ललितपुर, जेठ ४ गते । ललितपुरको तीन गाउँपालिकामध्ये बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन र महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेश केसी विजयी हुनुभएको छ । कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा भने नेकपा (एमाले) का कृष्णमान लामा विजयी हुनुहुन्छ । 

बागमती गाउँपालिकाका नवनिर्वाचित लोप्चनले चार हजार ९०९ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज सञ्जेलले चार हजार ५३ मत प्राप्त गर्नुभयो । सो गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का भक्तबहादुर दर्लामी चार हजार ६९२ मतसहित विजयी हुनुभयो । दर्लामीका निकटतम प्रतिद्वन्द्वी एमालेका नमुना दोङले तीन हजार ७०० मत प्राप्त गर्नुभयो । 

कांग्रेसका तर्फबाट वडा नं. १ अध्यक्षमा ज्ञानबहादुर लो, २ मा राम बहादुर भोलुन तामाङ, ३ मा नवराज खड्का, ४ मा रामकुमार तामाङ र वडा ६ मा नारायण भोम्जन विजयी हुनुभयो । वडा ५ अध्यक्षमा माओवादी केन्द्रका नवराज तिमिल्सिना र ७ मा होमप्रसाद बजगाई विजयी हुनुभएको छ । बागमती गाउँपालिकाको पाँच वडामा कांग्रेस, माओवादी र एमालेका उम्मेदवार एक÷एक वडामा निर्वाचित हुनुभयो ।

महांकालमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र

महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेश केसी तीन हजार ४५५ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी कमला लामा तामाङले दुई हजार ८८७ मत प्राप्त गर्नुभयो । 

गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले तीन हजार १५२ मतसहित विजयी हुनुभयो । गोलेको निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुषोत्तम हुमागाईले दुई हजार ७८७ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका वप्रमुखमा सन्चमाया सिंगारले ५९ र एकीकृत समाजवादीकी रुजिना दुलालले २० मत ल्याउनुभएको हो ।

महांकालको ६ वटा वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी हुनुहुन्छ । वडा नं। १ को अध्यक्षमा कांग्रेसका रामप्रसाद घिमिरे ४७४ मतसहित, २ मा जोनी कुमार न्यासुर ५६८ मतसहित, ३ मा मनोज कुमार पराजुली ७२० मतसहित, ४ मा कृष्ण प्रसाद तिमल्सिना ७१७ मतसहित, ५ मा भुमिनन्द घिमिरे ४८२ मतसहित र ६ नं। को वडाअध्यक्षमा विनोद चौधरी ५२१ मतसहित निर्वाचित हुनुहुन्छ । 

कोन्ज्योसोम अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस

ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा भने एमालेका कृष्ण मान तामाङ तीन हजार १०४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोपिलाल सिंतानले दुई हजार ५०९ मत ल्याउनुभएको हो । 

यसैगरी, गाउँपालिका उपाध्यक्षमा कांग्रेसका राजन प्रसाद घिमिरे तीन हजार २२७ मतसहित विजयी हुनुहुन्छ । उहाँको निकटतम प्रतिद्वन्द्वी रनिता तामाङले दुई हजार ४८ मत प्राप्त गर्नुभयो ।कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रबाट वडा नंं १ को अध्यक्षमा सन्त लाल तामाङ ५५८ मतसहित र वडा ५ मा विजय कुमार स्याङ्तान ५६० मतसहित विजयी हुनुहुन्छ ।

कांग्रेसबाट वडा ३ मा तिलक बहादुर भोम्जन ५६७ मतसहित र वडा ४ मा तिर्थ बहादुर घतान ५२५ मतसहित विजयी हुनुहुन्छ । वडा नंं २ अध्यक्षमा भने एमालेका रोहन घलान लामा ८०३ मतसहित विजयी हुनुभएको हो ।