• १३ साउन २०८१, आइतबार

टोखा नगरप्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा कांग्रेसका तामाङ विजयी

blog

विजयी काठमाडौं टोखा नगरप्रमुखमा नेकपा (एमाले) का प्रकाश अधिकारी । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ ४ गते । काठमाडौं टोखा नगरप्रमुखमा नेकपा (एमाले) का प्रकाश अधिकारी विजयी हुनुभएको छ । अधिकारीले दश हजार ३४० मत ल्याउनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले दश हजार १६६ मत पाउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का शेखर श्रेष्ठले एक हजार २००, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर केसीले एक हजार दश, नेकपा (एकीकृत समाजवादी) का कविता कुमारी गौतमले १३४, विवेकशील साझा पार्टीका लक्ष्मण राज सिटौलाले ५६ मत प्राप्त गर्नुभयो ।

नगर उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ दश हजार १३२ मतसहित विजयी हुनुभयो । तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले नौ हजार ५४२ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र)की यमुना पुडासैनी (अधिकारी) ले एक हजार ५४२, राप्रपाका दुर्गा पौडेलले एक हजार २४६, नेपाल मजदुर किसान पार्टीका मिना महर्जन डंगोलले ५४८ र नेकपा (एकीकृत समाजवादी) का जोगप्रसाद नेपालले ४५१ मत प्राप्त गर्नुभयो ।

वडाअध्यक्षमा कांग्रेसबाट विजयी हुनेमा वडा नंं. १ मा ७५३ मतसहित रमेश कुमार लामिछाने, एक हजार ७५ मतसहित कांग्रेसका शान्ता खनाल हुनुहुन्छ । एमालेबाट वडा २ अध्यक्षमा एक हजार ४२२ मतसहित धर्मेन्द्र श्रेष्ठ, ३ मा एक हजार ५६० मतसहित रमेश डंगोल, ४ मा ७५३ मतसहित धर्मेन्द्र श्रेष्ठ, ५ मा ७८८ मतसहित मदन गुरुङ, ७ मा ९७६ मतसहित नरोतम राना, ८ मा ८९४ मतसहित रमेश खत्री, ९ मा एक हजार ४१ मतसहित रामभक्त घिमिरे, १० मा ७२८ मतसहित मचाकाजी महर्जन र वडा ११ को अध्यक्षमा एक हजार ७ मतसहित घनश्याम खड्का विजयी हुनुभएको छ ।