• १३ साउन २०८१, आइतबार

हिमालीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

blog

अध्यक्ष गोविन्द्र बहादुर मल्ल र उपाध्यक्ष राजकला सार्की । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ ४ गते । बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका गोविन्द्रबहादुर मल्ल  थापा र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकला सार्की विजयी हुनुभएको हो ।

मल्लले ११५ मल बढी ल्याएर नेकपा एमालेका अजबहादुर मल्ललाई पराजित  गुर्नभएको हो । नेपाली काँग्रेसका गोविन्द्रबहादुर मल्लको दुइ हजार ३८४ मत छ भने नेकपा एमालेका उम्मेदवार अजबहादुर मल्लको दुइ हजार २६९ मत रहेको छ । त्यस्तै, उपाअध्यमा नेकपा एमालेकी राजकला सार्की विजयी विजयी हुनुभएको छ । उहाँले दुई हजार ३६७ मल प्राप्त गरेर विजयी हुनु भएको हो ।

उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी कमला रावत रोकायाले दुई हजार ८६ मत प्राप्त गर्नु भएको छ । रावत रोकायाले दुइ हजार ८६ मत प्राप्त गरेर प्राजय हुनु भएको हो । हिमालीको सात वडामा पाँच वडा गाउँपालिकाको अध्यक्षसहित काँग्रेस र दुई वडा र गाउँपालिकाको उपाध्यक्षसहित नेकपा एमाले विजयी भएको छ ।