• १३ साउन २०८१, आइतबार

दोधारा चाँदनीमा प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी

blog

दोधाराचाँदनी नगरपालिका नगरप्रमुख विजेता किशोरकुमार लिम्बु । तस्बिर : गोरखापत्र

लक्ष्मणदत्त पन्त

महेन्द्रनगर, जेठ ४ गते । कञ्चनपुरको महाकाली पारि रहेको एकमात्र पालिका दोधाराचाँदनी नगरपालिकामा एमालेले नगरप्रमुख र काँग्रेसले उपप्रमुखमा जित हासिल गरेको छ । प्रमुखमा विजयी एमालेका किशोरकुमार लिम्बुले ७ हजार १०४ मत पाउनुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्वी काँग्रेसका गोपालदत्त भट्टले  ६ हजार १७२ मत प्राप्त गर्नुभयो । कैची चुवाउचिन्ह लिएर चुनावी मैदानमा आउनुभएका स्वतन्त्रका उम्मेदवार भिमबहादुर कुमाल एक हजार ९३४ मतका तस्रो स्थानमा उभिनुभएको छ । 

यसैगरी, उपप्रमुखमा  ६ हजार ३६५ मत प्राप्त गरेर काँग्रेसकी गंगादेवी जोशी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकी खिमा चन्दले  ५ हजार ८२६ मत प्राप्त गर्नुभयो । माओवादीका उम्मेदवारले २ हजार ३४९ मत पाएका निर्वाचन अधिकृत कृष्णदत्त भट्टले बताउनुभयो । जम्मा १० वडा रहेको उक्त पालिकामा ६ वडामा एमाले, २ मा राप्रपा, १ वडामा काँग्रेस र १ वडामा माओवादीले जित हात पारेको छ ।