• २ माघ २०८१, बुधबार

मधेशको विकास र समृद्धिको लागि कांग्रेस प्रतिबद्ध छ : कांग्रेस महामन्त्री शर्मा

blog

कार्यक्रममा सहभागी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेता।तस्बिर: सञ्जयकुमार मिश्र

सञ्जय कुमार मिश्र 

गौर, मङ्सिर ६ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको बताउनुभएएको छ। 

रौतहटको ईशनाथ नगरपालिका–७ मा बिहीबार उपचुनाव प्रचारप्रसार तथा  घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले यस्तो बताउनुभएको हो।   

मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अत्याधिक मत दिएर विजयी बनाउन  सबैलाई आग्रह गर्दै महामन्त्री शर्माले यस क्षेत्रको समुचित विकास तथा समस्यालाई समाधान गरी जनतालाई प्रत्यक्ष फाइदा हुने कार्य गर्नमा प्रतिबद्ध रहेको बताउनुभयो। 

महामन्त्री शर्माले मधेशको विकास र समृद्धिको लागि कांग्रेसलाई जिताएर अझै शक्तिशाली बनाउनुपर्ने धारणा राख्दै मधेश र पहाडमा उस्ताउस्तै समस्या रहेकाले ती समस्याको निकासका लागि कांग्रेसलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो। 

महामन्त्री शर्माले  रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्ष पदका लागि हुन् लागेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शेख अब्दुल खलिक लगायत सम्पूर्ण कांग्रेसका उम्मेदवारलाई मतदान गरी निर्वाचित गराउन सबैसँग  आग्रह गर्नुभयो।  

कार्यक्रममा कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, कांग्रेसका मधेश प्रदेश सभापति कृष्णाप्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री जितेन्द्रप्रसाद यादव, माधव नारायण नगर प्रमुख बैजनाथप्रसाद यादवलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो।