• ८ वैशाख २०८१, शनिबार

गजुरी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा विसुराल विजयी

blog

मुरारी अधिकारी

धादिङ, जेठ ३ गते । गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी हुनुभएको छ । श्रेष्ठले ६ हजार ३०८ ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले ४ हजार ५१ मत ल्याउनुभयो । ०७४ सालमा पनि उहाँहरु दुई बीच प्रतिस्पर्धा रहेको थियो । २०७४ को निर्वाचनमा बस्नेतले ४ हजार ३३६ मत ल्याउँदा श्रेष्ठले ४ हजार ६ मत ल्याउनुभएको थियो । 

उपाध्यक्षमा विजयी विसुरालले ५ हजार ६ सय ९९ मत ल्याउनुभएको छ उहाँको प्रतिद्वन्द्वी एमाले उम्मेदवारले ३ हजार ५ सय ९२ मत ल्याउनु भएको छ । विसुराल पनि ०७४ मा उपाध्यक्षमा एमालेसँग परिजित बन्नुभएको थियो । माओवादी केन्द्रले अध्यक्ष सहित ५ वटा वडा र कांग्रेसले उपाध्यक्ष सहित ३ वटा वडामा जित हासिल गर्दा गठबन्धनमा रहेको एकीकृत समाजवादी र एक्लै प्रतिष्पर्धामा रहेको एमालेले कुनै वडा जित्न सकेको छैन ।