• १३ वैशाख २०८१, बिहिबार

गेरुवामा अध्यक्षसहित सबै वडामा काँग्रेसको जित

blog

मुकुन्द सुवेदी

बर्दिया, जेठ ३ गते । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवार जमानसिंह के.सीले ७ हजार ६९८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारुले ६ हजार ६२० मत प्राप्त गर्नु भयो । त्यसैगरी, एमालेका उम्मेदवार भरतबहादुर धामीले १ हजार ८५१ मत ल्याउनुभयो ।

यसैगरी, उपाध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मीकुमारी चौधरीले ७ हजार १५३ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका लिला चौधरीले ६ हजार ५८३ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका मञ्जु शर्माले २ हजार २५३ मत पाउनुभयो ।  ६ वटा वडा रहेको गाउँपालिकामा सबै वडा काँग्रेसले जितेको छ ।