• १२ साउन २०८१, शनिबार

बन्दीपुर अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

blog

अध्यक्ष विजयी थापा र उपाध्यक्षमा विजयी गुरुङ

अमरराज नहर्की

तनहुँ, जेठ ३ गते । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका सुरेन्द्र थापाले माओवादी केन्द्रका पूर्णसिंह थापालाई ६३ मत अन्तरले पराजित गर्नुभयो । सुरेन्द्रले तीन हजार २२९ मत प्राप्त गर्नुभयो भने पूर्णसिंहले तीन हजार १६६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया गुरुङले दुइ मत अन्तरले विजयी हुनुभयो । पञ्चमायाले तीन हजार २७ मत प्राप्त गर्नुभयो भने माओवादी केन्द्रकी करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गर्नुभयो । ६ वटा वडा रहेको बन्दीपुरमा एमालेले १, ४ र ६ नम्बर वडा गरी तीन वडा जितेको छ । माओवादी केन्द्रले २ र ५ गरी नम्बर वडा गरी २ वडा जितेको छ भने कांग्रेसले वडा नम्बर ३ मात्रै जितेको थियो । 

बन्दीपुरमा १५ हजार ६ सय ३८ मतदातामध्ये दश हजार दुई सय पाँच मत खसेको थियो । यस अघि माओवादी केन्द्रले जितेको वडा नम्बर गुमायो भने कांग्रेसले जितेको ६ नम्बर वडा पनि गुमायो । माओवादीले बहुमत जितेर कार्यपालिका समेत आफ्नो बनाउन सफल भएकोमा यस पटक अध्यक्ष, उपाध्यक्ष तथा एक वडामा समेत पराजित हुनु प-यो ।