काठमाडौँ, कात्तिक ३० गते । इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
आक्रमणबाट १५ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण शुरु भएको थियो । दमास्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तर पश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनहरूलाई निशाना बनाएको थियो ।
आक्रमणले महिला र बालबालिकासहित अन्य १६ जना घाइते भएको बताइएको छ ।
सिन्ह्वाको सहयोगमा