• ८ वैशाख २०८१, शनिबार

बन्धु र दाहाल पुरस्कृत

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ ३ गते । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राडा चूडामणि बन्धु र वरिष्ठ पत्रकार भूषण दाहाललाई यस वर्षको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार र राष्ट्रिय पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कार सम्मान कार्यक्रममा १ नम्बर प्रदेश सरकारका कानुनमन्त्री केदार कार्की, स्वास्थ्यमन्त्री जयराम यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला, कवि, साहित्यकार एवं समाजका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति  थियो । यसअघि ६ जना वरिष्ठ साहित्यकार र ६ जना पत्रकार सो पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।