• १२ पुस २०८१, शुक्रबार

साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने

blog

काठमाडौँ, कात्तिक १७ गते । साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । 

चालिसे विभिन्न साहित्यक संस्थामा सक्रिय हुनुहुन्छ । रमेश विकलको सम्झनामा स्थापित प्रतिष्ठानमा उहाँ महासचिव र भैरव अर्यालको नाममा स्थापित भैरव पुरस्कार गुठीमा उपाध्यक्ष हुनुहुन्छ । उहाँका दर्जनौँ साहित्यिक कृति प्रकाशित भइसकेका छन् । हालै उहाँको वैदिक दर्शनमा आधारित ‘युगसन्धि’ उपन्यास सार्वजनिक भएको छ ।

यही कात्तिक ३० गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्ती तथा कवि केदारमान व्यथितको जन्मजयन्तीका अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा उक्त सम्मान अर्पण गरिने सदनले जनाएको हो । गत वर्ष यो सम्मान प्रा. अभि सुवेदीलाई प्रदान गरिएको थियो । रासस