• ६ कात्तिक २०८१, मङ्गलबार

कोहलपुरमा प्लास्टिकका मालाको प्रयोगमा प्रतिबन्ध

blog

कमल खत्री

धम्बोझी, कात्तिक ५ गते  । बाँकेको कोहलपुर नगरपालिकाले तिहार नजिकिदैं गर्दा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । 

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीका अनुसार प्लाष्टिकका मालाहरुको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध गरिएको हो । 

तिहार लगायतका चाडपर्वमा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगले वातावरणलाई प्रदूषित पार्ने र मानव स्वास्थ्यलाई समेत प्रतिकुल असर पार्ने भएकाले प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत गिरीले सबै नगरवासीलाई अनुरोध गर्नु भएको छ । 

उहाँले भन्नु भयो,‘प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगले स्थानीय कृषकबाट उत्पादित फुलले समेत बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्या देखिने गरेका छन् । 

त्यसैले कोहलपुर नगरपालिका सहितका स्थानीय कृषकहरुले उत्पादन गरेका सयपत्री तथा मखमली लगायतक फुलहरुको प्रयोग गर्न अनुरोध गर्दछौं ।’