• ८ मंसिर २०८१, शनिबार

भरतपुर महानगरपालिकामा दाहालको अग्रता कायमै

blog

चितवन,  जेठ १ गते । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम राख्नुभएको हो । दुई हजार ९६८ मत गणना गर्दा उहाँले ९८ मतले अग्रता कायम राख्नुभएको छ ।

दाहालले एक हजार १०५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का विजय सुवेदीले एक हजार सात  मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गर्नुभएको हो । 

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली काँग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाउनुभएको छ ।

यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली काँग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गर्नुभएको छ ।

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा  महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ ।