• ५ कात्तिक २०८१, सोमबार

शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थामा शोक बिदा

blog

तिलाचन पाण्डे
तम्घास, कात्तिक ४ गते ।
शिक्षकको मृत्यु भएपछि गुल्मीदरबार गाउँपालिकाले शिक्षण संस्थाहरुमा शोक बिदा दिएको छ । गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर ५ मा रहेको शारदा माध्यमिक विद्यालयमा अध्यापन गराउने स्थायी शिक्षक ३१ वर्षीय गीता खत्रीको असोज २४ गते मृत्यु भएपछि गाउँपालिकाले कात्तिक ५ गते सोमबार सम्पूर्ण शिक्षण संस्थाहरुमा शोक बिदा दिएको छ ।

पालिकाभित्रका सम्पूर्ण शिक्षण संस्थाहरुले शोक प्रस्ताव पारित गरी एक मिनेट मौन धारण गर्ने त्यसपछि श्रद्धाञ्जली प्रकट गर्दै सोमबार विद्यालयका पठनपाठन बन्द गर्नका लागि सूचना गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।