• ३ कात्तिक २०८१, शनिबार

संसद् सचिवालयले रवि लामिछाने पक्राउबारे जानकारी गरायो

blog

प्रतिनिधि सभा सदस्य रवि लामिछाने । फाइल तस्बिर

काठमाडौँ, कात्तिक ३ गते।  सङ्घीय संसद् सचिवालयले  प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ।  शनिबार सूचना सार्वजनिक गर्दै संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सांसद रवि लामिछाने पक्राउ परेको जानकारी गराउनुभएको हो। 

महासचिव पाण्डेयले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरेको जानकारी एक सूचना सार्वजनिक गर्दै गराउनुभएको हो। 

महासचिव पाण्डेयले सार्वजनिक गर्नुभएको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा १०३ को उपधारा ९६० बमोजिम जानकारी गराइएको भन्नेसमेत ब्यहोराको जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१/०८२ च.नं. ७०२७ मिति २०८१/०७र०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम ९२० को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ।’