• १ कात्तिक २०८१, बिहिबार

गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

blog

काठमाडौँ, कात्तिक १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ । साथै उहाँले धर्मशालासम्बन्धी कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिनुभएको छ । साथै उहाँले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई बताउनुभयो । 

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो । यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको  विरोधमा उत्रिएको छ । रासस

यो पनि पढ्नुहोस

गौशाला धर्मशालामा ‘प्रशासनकै असहयोग’