• ५ कात्तिक २०८१, सोमबार

चलचित्र प्रचारसँगै दसैँ टीका

blog

काठमाडौँ, असोज ३० गते । सधैँ एक्सन कटमा रमाउने कलाकारले यस पटक दसैँमा भरपुर मनोरञ्जन गरेका छन् । आफ्ना परिवारसँग जमघट गरी मिठा मिठा परिकार खाने र टीका जमरामा रमाउने त छँदै छ, केही कलाकारले हलमा चलचित्र हेर्न आएका दर्शकसँग पनि टीका लगाए ।

अभिनेता राजेश हमालले आफ्ना परिवार र आफन्तजनलाई टीका लगाइदिएको तस्बिर सामाजिक सञ्जालमा देखिए । श्रीमती मधु भट्टराईलाई टीका लगाइदिएको र आफूभन्दा ठुलाबाट टीकाग्रहण गरेको तस्बिरले उहाँको दसैँ निकै रमाइलो भएको दर्शाउँछ । कलाकार भुवन केसीले छोरा अनमोल केसीलाई टीकासहित आशीर्वाद दिनुभयो । उहाँले नायिका जिया केसी र अन्य आफन्तजनलाई पनि टीका लगाइदिनुभएको थियो ।

कलाकार दीपकराज गिरी, जितु नेपाल र विराज भट्टका लागि यस पटकको दसैँ विशेष रह्यो । तीन जना कलाकारको चलचित्र दसैँको फूलपातीबाट प्रदर्शनमा आए भने चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ । कलाकार दीपकराज गिरी भन्नुहुन्छ, “यस पटकको दसैँ मेरो लागि विशेष भयो । उहाँका अनुसार हलमा चलचित्र ‘छक्कापञ्जा ५’ हेर्न आउनुभएको वृद्ध आमासँग टीका लगाउने अवसर जु¥यो । उहाँले भन्नुभयो, “वृद्ध आमाको हात मेरो शिरमा प¥यो । उहाँको आशीर्वादले मलाई थप आँटिलो बनायो । जसको शिरमा आशीर्वादको बर्सात हुन्छ, शरीर र मन झन् झन् बलवान् हुँदै जाने रहेछ ।” कलाकार गिरीले टीकाअघिको फोटो ! घेरैपछि परिवारसँग, ‘ईश्वरलाई’ सबै कुराका लागि धन्यवाद... भनेर सामाजिक सञ्जालमा लेख्नु पनि भएको छ ।

कलाकार विराज भट्ट यस पटकको दसैँ चलचित्र ‘१२ गाउँ’ को प्रचारप्रसारमा नै बितेको बताउनुहुन्छ । ‘परिवारसँग टीका लगाइयो र  हलमा दर्शकलाई चलचित्र रुचाइदिनुभएकोमा धन्यवाद भनियो, यसरी नै बित्यो मेरो दसैँ । उहाँले आफ्नो चलचित्र १२ गाउँले पाएको दर्शकको साथबाटै मैले पाएको दसैँको आशीर्वाद हो, भन्नुभयो ।

कलाकार जितु नेपालले आफ्नो फेसबुकमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग टीका लगाएको तस्बिर राख्दै लेख्नुभएको छ, “एउटा चेला आशीर्वाद लिन गुरु निवास धापासी पुग्छ बेला बेला ।” कलाकार नेपाल भन्नुहुन्छ, “यो दसैँ दर्शकको साथ मनाए ।” फूलपातीबाट मेरो चलचित्र ‘ज्वाइँसाहेब’ प्रदर्शनमा आएको थियो । त्यसैले पनि मेरो दसैँ दर्शकसँग अन्तव्रिर्mया गर्दैमा बित्यो । उहाँले भन्नुभयो, “उपत्यकका विभिन्न हलमा पुगेर दर्शकसँग चलचित्र हेरेँ, कुराकानी गरेँ ।” साथै घरमा बुढी आमा हुनुहुन्छ, उहाँसँग टीका थापियो । मेरो बुवा हुनुहुन्न त्यसैले गुरु चेलाको नाताले दिनेश डिसी दाइसँग टीका थापियो ।”

नायिका रेखा थापा पनि यस पटकको दसैँ विशेष भएको बताउनुहुन्छ । उहाँले छोरी वैभवी राज्यलक्ष्मीलाई टीका लगाइदिँदा फरक खालको उत्साह र खुसी मिलेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मेरो यस पटकको दसँै सबैभन्दा अलग भयो । हरेक वर्ष छोरी बनेर टीका लगाउँथेँ तर यस पटक एउटी आमा भएर छोरीलाई टीका लगाइदिँदा फरक महसुस गरेँ ।