• ३० असोज २०८१, बुधबार

ढकाल र वाग्लेको ‘ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २५ गते  । गीतकार टीकाराम ढकालको शब्द, सङ्गीतकार बिपी वाग्लेको सङ्गीत र नेपाल आइडल सिजन पाँचका विजेता करण परियारको स्वरमा अत्यन्तै मार्मिक दसैँतिहार विशेष गीत सार्वजनिक भएको छ । 

‘ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी’ बोलको मर्मस्पर्शी गीतमा विदेशमा कार्यरत रही चाडपर्वमा आफ्नो गाउँघर आउन नपाउँदाको दुःखपीडा देखाउन खोजिएको छ । विशेष गरी हिन्दु धर्मावलम्बी नेपालीको महान् चाड दसैँ र तिहारलाई एक परदेशीले आफ्नो परिवारसँग मनाउन नपाउँदाको वास्तविक कथाव्यथालाई समेटेर निर्माण गरिएको उक्त म्युजिक भिडियोमा उमेशजङ्ग ठकुरी, स्मारिका ढकाल, सुरवीर पण्डित (दारीबा), हुमा भण्डारी एवं बालकलाकार आरोभ ढकालको अभिनय छ । 

गीतकार ढकालको शब्दलाई नेपाली गीतसङ्गीतमा दुई दशकदेखि अनवरत रूपमा व्रिmयाशील दर्जनौँ फरक फरक विषयवस्तुका गीतमा सङ्गीत दिइसकेका युवा सङ्गीतकार बिपी वाग्लेले शब्दको भाव अनुसारको सङ्गीत एवं भद्र वलीले एरेन्ज गर्नुभएको हो । रक कौशलको छायाङ्कन रहेको गीतलाई वाग्लेले नै निर्देशन गर्नुभएको छ ।