शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ (गोरखापत्र), असोज २५ गते । फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फूलपातीको अवसर पारेर पोस्टर सार्वजनिक गरेको हो । चलचित्र मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो ।
आगामी कात्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने चलचित्रमा सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ । पोस्टर अनन्त घिमिरेले डिजाइन गर्नुभएको हो । चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूलगायतको अभिनय छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                