• २३ असोज २०८१, बुधबार

गुल्मीमा गाडी दुर्घटना हुँदा १६ जना घाइते

blog

दुर्घटनामा परेको जिप ।

रमेश विश्वकर्मा 

गुल्मी, असोज २३ गते। गुल्मीमा गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बुधबार दिउँसो सत्यवती गाउँपालिका वडा नम्बर–१ कुडादीमा शान्तिपुर बुटवल पक्की सडकखण्डमा गाडी दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो। 

प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलका अनुसार बुटवलबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज २०८८ नम्बरको सफारी गाडी आफै अनियन्त्रित भएर दुर्घटना भएको हो। 

जिप करिब १० मिटर तल खस्न जाँदा जिपमा सवार चालकसहित १६ जना घाइते भएका छन्। 

घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा पठाइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।