• १९ पुस २०८१, शुक्रबार

तीन दिनमा आवासका लागि रकम पठाइने छ : लेखक

blog

बनेपा समाचारदाता 

बनेपा, असोज २२ गते । गृहमन्त्री रमेश लेखकले स्थानीय तहले बाढीपहिरोबाट घर पूर्ण रूपमा क्षति भएको विवरण पठाएको तीन दिनभित्र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम पठाइने बताउनुभएको छ । बाढीपहिरोबाट क्षति भएको काभ्रेपलाञ्चोक जिल्लाको पनौती, बेथानचोक र रोसी क्षेत्रको अवलोकन गर्न सोमबार यहाँ आउनुभएका गृहमन्त्री लेखकले स्थानीय तहले घर पूर्ण क्षति भएको सिफारिस गरेको तीन दिनभित्र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको २५ हजार रुपियाँ उपलब्ध गराउने बताउनुभएको हो । 

गृहमन्त्री लेखकले भन्नुभयो, “विपत्तिको यस घडीमा सरकारले गम्भीर र सचेतनापूर्वक काम गर्ने छ, पीडामा रहेका नागरिकका लागि खोजी तथा उद्धारका साथै पुनर्निर्माण र पुनस्र्थापना गर्ने काममा सरकारले सव्रिmयतापूर्वक लागेको छ ।” उहाँले बाढीपहिरोका कारण व्यक्तिगत घर, कृषियोग्य जमिन, पशुपन्छीलगायतका क्षेत्रमा ठुलो क्षति भएको बताउँदै बाढीपहिरोमा फसेका व्यक्तिको खोजी र उद्धार कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । 

गृहमन्त्री लेखकले खोजी तथा उद्धारको कामको साथै अब सडकलगायतको नागरिकको आधारभूत आवश्यकता राहत, यातायात सञ्चालन, विद्युत् पु¥याउने, खानेपानी, स्वास्थ्यका बारेमा सजगता अपनाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने काम सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

उहाँले स्थानीय तहले बाढीपहिरोबाट घर पूर्ण रूपमा क्षति भई अन्यत्र बस्ने ठाउँ नभएका लाभग्राहीको पहिचान गरेर सिफारिस गरेको अवस्थामा खाद्यान्नका लागि पाँच जनासम्मको परिवारका लागि १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएको परिवारका लागि नगद २० हजार रुपियाँ उपलब्ध गराइने बताउनुभयो । उहाँले विपत्को समयमा सरकार र प्रतिपक्ष नहुने बताउँदै सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । गृहमन्त्री लेखकले बाढीपहिरोबाट सबैभन्दा क्षति भएको पनौती नरपालिका–१०, भूमिडाँडा, बेथानचोक गाउँपालिका–४, चलालगणेशस्थान र रोसी गाउँपालिकामा बाढीपहिरोबाट भएको क्षतिको अवलोकन गर्नुभयो । गृहमन्त्री लेखकले जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भएको कामका बारेमा जानकारी लिनुभयो ।