• १८ असोज २०८१, शुक्रबार

गुरुङलाई कला पुरस्कार

blog

लेखनाथ (गोरखापत्र), १८ गते । लमजुङका कलाकार हितमान गुरुङ सिर्जनशील युवा कला पुरस्कार–२०८१ बाट सम्मानित हुनुभएको छ । सिर्जनशील कलाकार समूह कास्कीले बिहीबार आयोजना गरेको कार्यव्रmममा संस्थाका अध्यक्ष डिबी गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तलगायतले उहाँलाई सम्मान गर्नुभएको हो । 

पुरस्कार राशि नगद १५ हजार रहेको छ । ललितकलामा स्नातकोत्तर गर्नुभएका गुरुङ साढे दुई दशकदेखि कला क्षेत्रमा व्रिmयाशील हुनुहुन्छ । प्रतिस्थापना कला, चित्रकला र आर्ट क्युरेटिङमा उहाँले काम गर्र्दै आउनुभएको छ । 

पुरस्कृत व्यक्तित्व गुरुङले कलाले आफूलाई सन्तुष्टि र पहिचान दिएको जनाउँदै यस खालका पुरस्कारले कलाकारमा ऊर्जा भर्ने उल्लेख गर्नुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कला, साहित्य, सङ्गीत जस्ता क्षेत्रको उत्पादनबिना भाषा, साहित्य, संस्कृति र सभ्यताको विकास सम्भव नहुने विचार राख्नुभयो ।