• १५ चैत २०८०, बिहिबार

२४ घण्टामा थप सात जनामा कोरोना पुष्टि

blog

काठमाडौं, वैशाख ३० गते । पछिल्लो २४ घण्टामा थप सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार १४८ जनाको पीसीआर परीक्षण गर्दा सातजनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, २८९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि भएको छैन ।

२४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १६४ जना छन् ।