• १४ असोज २०८१, सोमबार

रामकृष्णको ‘जीवनको हिसाब’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । गायक रामकृष्ण ढकालको स्वरमा ‘जीवनको हिसाब’ गीतको भिडियो आइतबार सार्वजनिक गरिएको छ । 

गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको सङ्गीत, किरण कँडेलको सङ्गीत संयोजन रहेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा दिलीप रायमाझी र सबिना थपलियाले अभिनय गर्नुभएको छ । परदेसिएका नेपालीमा समर्पित गीतमा घर छोडेर परदेसिएपछिको पीडालाई यथार्थपरक रूपमा चित्रण गरेको छ । भिडियोको निर्देशन घनेन्द्र रसाइली र छायाङ्कन राजेन्द्र विष्टले गर्नुभएको छ ।

यसै गरी गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक गरिएको छ । गीतको शब्द राम अविरल विष्ट र सङ्गीत एसडी योगीको छ । भिडियोमा अलिसा शर्मा र अस्मिक लम्सालको अभिनय छ । गीतको भिडियोमा शान थापाको निर्देशन, राजीव सुनारको कोरियोग्राफी, विवेक सुनारको सम्पादन र अजय रेग्मीको छायाङ्कन रहेको छ ।