• १३ असोज २०८१, आइतबार

लिभरपुल शीर्षस्थानमा

blog

बल प्रहार गर्दै लिभरपुलका मोहमद सलाह । तस्बिर : रोयटर्स

काठमाडौँ, असोज १३ गते । लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले उल्भरह्याम्पटनलाई उसैको मैदानमा २–१ गोलले हरायो । लिभरपुललाई जित दिलाउन इब्राहिमा कोनाटे र मोहम्मद सलाहले गोल गर्नुभयो । उल्भरह्याम्पटनका लागि रायन नोरीले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै लिभरपुलले ६ खेलबाट १५ अङ्क बनाएको छ । पराजित उल्भरह्याम्पटन एक अङ्कसहित अन्तिममा छ ।

शनिबार राति नै भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकियो । अङ्क बाँडेसँगै सिटीले ६ खेलबाट १४ अङ्क बनाएको छ । न्युक्यासल ११ अङ्कसहित सातौँ स्थानमा छ । 

अन्य खेलमा आर्सनलले लेस्टर सिटी तथा चेल्सीले ब्राइटनलाई समान ४–२, एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ तथा फुलहमले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ । एजेन्सी