• १२ असोज २०८१, शनिबार

साफ यु–१७ च्याम्पियनसिप : नेपाल भारतसँग स्तब्ध

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भारतका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, असोज १२ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालको यात्रा सेमिफाइनलमै सकिएको छ । 

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शनिबार भएको खेलमा नेपाल साविक विजेता भारतसँग ४–२ गोलले पराजित भयो । 

भारतको जितमा चिङ्गखम, विशाल यादव, ऋषी सिंह र हिम्नीचुङ्ग लुनकिमले गोल गर्नुभयो । नेपालका लागि सुवास बमले सान्त्वना गोल फर्काएनुभयो । नेपालले अर्को गोल भारतबाट आत्मघाती उपहार पाएको थियो । 

भारतले उपाधिका लागि पाकिस्तान र बङ्गलादेशबिचको विजेतासँग खेल्नेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ को उपविजेता र भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो ।